About Us

बेयुल खेन्पालुङ्ग

"बेयुल खेन्पालुङ्ग" संखुवासभा जिल्लाको सिलिचोङ गाउपालिका, वार्ड नम्बर-५ मा रहेको छम्लाङ हिमाल (7,323 M.)को काखमा पर्दछ। यो मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ जहाँ तीन वटा गाउँहरु समबेश छन्; गौथला, दोबताक र सैसिमा। किमदन्ती अनुसार यहाँ धेरै समय पहिले बौद्द अनुययीहरुले बिभिन्न ठाउँमा सरण लिएका थिए र बौद्द धर्म गुरु श्री पदमासम्भावाले पनि यसै ठाउँमा रहेको गुफामा ध्यान गर्नु भएको थियो। "बेयुल खेन्पालुङ्ग" भनेर सातौ शताब्दी तिर एतिहासिक रुपमा बौद्द धर्म गुरु श्री पदमासम्भावाद्वरा नै नामकरण गर्नु भएको हो।

यहाँ पूर्ण रूपमा शेर्पाहरु बसोबास गर्दछन। शेर्पा भाषामा "बेयुल" भन्नले लुकेका उपत्यका (Hidden Valley) भन्ने बुझिन्छ र "खेन्पा" भन्नले तितेपाती भन्ने बुझिन्छ अनि "लुङ्ग" भन्नले साधारणतया देश भन्ने बुझिन्छ। यो क्षेत्रमा धेरै मात्रामा तितेपाती पाईने भएकोले "बेयुल खेन्पालुङ्ग" भनिएको हुन सक्ने जानकारहरु बताउछन तर शेर्पा हरुले यस ठाउँ लाई "ने खेन्पालुङ्ग" भनेर चिनिन्छ। यसै ठाउँको नामबाट नै बौद्द धर्म गुरु श्री पदमासम्भावाले ध्यान गर्नु भएको गुफाको नाम "खेन्पालुङ्ग गुफा" रहन गएको हो। यो गुफा दोबाताक गाउँमा पर्दछ भने यसलाई यस ठाउँको विशेष महत्त्वपूर्ण धार्मिक स्थाल मानिन्छ।

यो क्षेत्रमा धेरै बौद्द धर्मालम्बी अनि हिन्दू तिर्था यात्रीहरु आउने गरेको पहिन्छ। विशेष गरी तिर्था यात्रीहरु खेन्पालुङ्ग गुफा दर्शान गर्न आउँने गर्छन। यस गुफाको दर्शान गर्नले मनको कामना पुरा हुने बिश्वास गर्छन्, जस्तै; सान्तानको चाहना, धन प्राप्ति, नाग लागेको निको हुने, कुनै पनि कुलतलाई त्यागने चाहना आदि। जीवनमा खेन्पालुङ्ग एक चोटी मात्रै दर्शान गरे पनि मरेपछि घ्यावा समेत गर्नु पर्दैन भन्ने किमदन्ती रहेकोछ। गुरु श्री पदमासम्भावाको अनुसार पछि कलियुगमा मानिसको जन्म भएर मानिसको सुरुवत यही खेन्पालुङ्गबाट हुनेछ। तिर्था यात्रीहरुले खेन्पालुङ्ग गुफा पुग्नु भन्दा पहिले नै गौथला गाउँमा रहेको देकी क्षोलिङ्ग गुम्बाको दर्शान गर्न पाउने छन। खेन्पालुङ्ग गुफा दर्शान गरी सके पछि समय भएमा तिर्था यात्रीहरु देक्षेन क्षोलिङ्ग गुम्बा दर्शान गर्न दोबाताकबाट सैसिमा गाउँमा सम्म पुगने गर्छन। जहिले देखि यो क्षेत्रमा मानिसको बसोबास भयो त्यो बेलामा "खेन्पालुङ्ग गुफा" पत्त लागेको बिश्वास गरिन्छ भने देक्षेन क्षोलिङ्ग गुम्बा चही कारीब 1973 AD तिर स्थापना गरिएको मानिन्छ।

यो क्षेत्रमा बसन्त ऋतुमा घोँगे चाँप, चाँप, चिमाल र लालीगुराँस फुल्ने गरेकोले तिर्था यात्रीहरु महत्त्वपूर्ण धार्मिक स्थालहरुको मात्रै दर्शान नगरि यि प्राकृतिक सुन्दरताहरुको पनि अानन्द लिना सक्नेछन । यहाँ अन्तारिक पर्यटक मात्रै नभई बिदेशी पर्यटकहरु पनि "खेन्पालुङ्ग गुफा" दर्शान गर्न आउछन।

गौथला गाउँ

Gauthala Village

गौथला बेयुल खेन्पालुङ्गमा पर्ने यो सबै भन्दा ठुलो गाउँ हो। खेन्पालुङ्ग गुफा दर्शान गर्न जाने क्रममा तिर्था यात्रीहरु यस गाउँ हुँदै जन्छन।

दोबताक गाउँ

Dabatak Village

दोबताक बेयुल खेन्पालुङ्गमा पर्ने मुख्य गाउँ हो किनकी तिर्था यात्रीहरुको प्रमुख गन्तव्य "खेन्पालुङ्ग गुफा" यही गाउँमा पर्दछ। इतिहास अनुसार कारीब १९५० AD मा सोलुखुम्बुको छेङे खर्काबाट शेर्पाहरु बसाइँ सरेर यस ठाउँमा स्थायी रूपमा बसोबास गर्न थालेका हुन।

सैसिमा गाउँ

Saisima Village

सैसिमा बेयुल खेन्पालुङ्गमा अवस्थित सुन्दर गाउँ हो। सैसिमालाई "हलिङ्ग खर्का" भनेर पनि भनिन्छ। १९२० AD मा सबै भन्दा पहिले सानो शेर्पाहरुको समूह आएर यस ठाउँमा बसोबास गरे थिए र लगभग १९५० AD मा सोलुखुम्बुको चेरेमेबटा थप केहि शेर्पाहरु बसाइँ सरेर यस ठाउँमा स्थायी रूपमा बसोबास गर्न थालेका थिए तर पछि कारण बस उनिहरु पनि त्यहाँबाट अन्तै बसाइँ सरेर गए फेरी पछि सोलुखुम्बुको ममेर्कुबाट केहि घर शेर्पाहरु बसाइँ सरेर यस ठाउँमा स्थायी रूपमा बसोबास गर्न थालेका हुन।

Copyright © www.khenpalungtour.com